Kathmandu Press

रिहा भएपछि रवीन्द्र मिश्रकाे प्रतिक्रिया- कुनै पनि अपराध गरेको छैन, तर राज्य मेराविरुद्ध लागेको छ

‘हाजिरी जमानीमाछुटेको हुँ, त्यसमा म धेरै खुसी हुने पक्षमा छैन, किनभने राज्य मविरुद्ध लागेको छ भनेर सम्मानित अधिवक्ताहरुले पनि भनिसक्नु भएको छ।’
रिहा भएपछि रवीन्द्र मिश्रकाे प्रतिक्रिया- कुनै पनि अपराध गरेको छैन, तर राज्य मेराविरुद्ध लागेको छ

काठमाडौं, जेठ २ : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राज्यविरुद्धको कसुर संगठित अपराध र अपराधिक उपद्रोह आफूबाट नभएको बताएका छन्। 

शुक्रबार सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै मिश्रले कुनै पनि अपराध नगरेको भए पनि राज्य आफूविरुद्ध लागेको बताएका हुन्।

Hardik ivf

‘राज्यविरुद्धको कसुर संगठित अपराध र अपराधिक उपद्रोह म बाट केही पनि भएको छैन मैले आज त्यति मात्रै टिप्पणी गरे। म हाजिरी जमानीमाछुटेको हुँ। त्यसमा म धेरै खुसी हुने पक्षमा छैन,’ उनले भने, ‘किनभने राज्य मविरुद्ध लागेको छ भनेर सम्मानित अधिवक्ताहरुले पनि भनिसक्नु भएको छ।’

साथै उनले चैत १५ गतेको घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरे। उनले जति जनधनको क्षति भयो त्यसमा समेत दुख व्यक्त गरे।

‘सबैभन्दा पहिले चैत १५ गतेको घटनामा ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। जति जनधनको क्षति भयो त्यसमा दुख व्यक्त गर्न चाहन्छु,’ उनले भने।

गत १५ चैतमा राजावादीहरूले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले हिंसा भड्काउन संलग्न रहेको भन्दै सोही दिन बेलुका पक्राउ गरेको थियो।

राज्यविरुद्धको कसुरजन्य, संगठित अपराधजन्य र अपराधिक उपद्रवजन्य मुद्दामा प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो। त्यसयता प्रहरीले आठ पटकसम्म म्याद थप गरेर हिरासतमा राखेको थियो। 

प्रकाशित मिति: १९:३१ बजे, शुक्रबार, जेठ २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्