Kathmandu Press

सर्वाेच्चकाे आदेशपछि रिहा भए रविन्द्र मिश्र

बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै आज सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएपछि मिश्र थुनामुक्त भएका हुन्।
सर्वाेच्चकाे आदेशपछि रिहा भए रविन्द्र मिश्र

काठमाडौं, जेठ २ : राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई थुनामुक्त भएका छन्। 

बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै आज सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएपछि मिश्र थुनामुक्त भएका हुन्।

Hardik ivf

न्यायाधीश तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाइ भएको थियो। 

उनलाई कानुन व्यवसायीको रोहबरमा थुनामुक्त गरिएको छ। गत १५ चैतमा राजावादीहरूले तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले हिंसा सोही दिन बेलुका पक्राउ गरेको थियो।

राज्यविरुद्धको कसुरजन्य, संगठित अपराधजन्य र अपराधिक उपद्रवजन्य मुद्दामा प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो । त्यसयता प्रहरीले आठ पटकसम्म म्याद थप गरेर हिरासतमा राखेको थियो।

प्रकाशित मिति: १९:०२ बजे, शुक्रबार, जेठ २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्