Kathmandu Press

रवि र छविकाे सुनुवाइको जानकारी छिटो पठाउन उच्च अदालत पोखराको आदेश 

उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा.रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको संयुक्त इजलासले उक्त आदेश दिएको हो।
रवि र छविकाे सुनुवाइको जानकारी छिटो पठाउन उच्च अदालत पोखराको आदेश 

कास्की, जेठ ३ : उच्च अदालत पोखराले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछाने र डिआइजी छविलाल जोशीको पुनरावेदन निवेदनमाथिको सुनुवाइबारे जानकारी गराउन शुक्रबार आदेश दिएको छ।

उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा.रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको संयुक्त इजलासले उक्त आदेश दिएको हो। उच्च अदालतले लामिछाने र जोशीलगायतका निवेदक प्रतिवादीहरूले दिएको निवेदनमाथिको सुनुवाइ चलिरहेको जानकारी छिटो पठाउन आदेशमा भनेको छ। 

Hardik ivf

‘निवेदक प्रतिवादीहरूमध्येका रवि लामिछाने र छविलाल जोशीको तर्फबाट विद्वान वरिष्ठ कानुन व्यवसायीहरूले निज प्रतिवादीहरू हाल अन्य मुद्दाको सन्दर्भमा कारागार कार्यालय, रुपन्देहीमा थुनामा रहेको जानकारी गराउनुभएकोले सुनुवाई भइरहेको जानकारी छिटो माध्यमबाट सम्बन्धित कारगार कार्यालयमार्फत पठाइदिनू,’ आदेशमा उल्लेख छ। 

रास्वपा सभापति लामिछाने र पूर्व डिआइजी जोशीले सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण मुद्दाका दुवै पक्षले कास्की जिल्ला अदालतको आदेश खारेजको माग गर्दै उच्च अदालत पोखरामा निवेदन दिएका थिए  उनीहरुको निवेदनमाथि उच्च अदालतमा सुनुवाइ शुरु भएको छ। 

उच्च अदालतले उक्त निवेदनलाई ‘हेर्दाहेर्दै’ मा राखेको छ। उच्च अदालत पोखराको आदेश अनुसार अन्य निवेदक प्रतिवादीहरू आरती गुरुङ, मिना गुरुङ, रामबहादुर खनाल, लिला पछाइं र कृष्णबहादुर गुरुका हकमा सुनुवाइलाई निरन्तरता दिने गरी आइतबारका लागि पेशी तोकिएको छ।

गत पुस २५ गते कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख धरौटी लिई तारेखमा छाड्न आदेश दिएको थियो। 

लामिछानेले ६५ लाख धरौटी माग्ने आदेश खारेज गर्दै साधारण तारेखमा राख्न तथा जिल्ला सरकारी वकिलको कार्यालय कास्की तथा जाहेरवालाहरूले धरौटीमा छाड्ने आदेश खारेज गरी पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै निवेदन दिएका छन्। 

प्रकाशित मिति: १७:३० बजे, शुक्रबार, जेठ २, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्