Kathmandu Press

द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई

जर्मनीको बर्लिनमा आयोजित संयुक्त राष्ट्रसंघ शान्ति सैनिक खटाउने ८० भन्दाबढी देशका रक्षा तथा परराष्ट्रमन्त्री सहभागिता रहेको सम्मेलनमा उहाँ त्यस क्रममा नेपाली शान्ति सैनिकहरूले उल्लेखनीय योगदान पुर्‍याएको बताए।
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई

काठमाडौं, जेठ २ : रक्षामन्त्री मानवीर राईले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनहरूले द्वन्द्वग्रस्त मुलुकहरूमा शान्तिसुरक्षा र मानवीय सहायता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको बताए।

जर्मनीको बर्लिनमा आयोजित संयुक्त राष्ट्रसंघ शान्ति सैनिक खटाउने ८० भन्दाबढी देशका रक्षा तथा परराष्ट्रमन्त्री सहभागिता रहेको सम्मेलनमा उहाँ त्यस क्रममा नेपाली शान्ति सैनिकहरूले उल्लेखनीय योगदान पुर्‍याएको बताए।

‘संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा नेपालको लामो समयदेखिको अविचलित प्रतिबद्धता छ, हाल विभिन्न ११ वटा शान्ति मिसनमा छ हजारभन्दा बढी शान्ति सैनिकहरू पठाइ शान्ति सेना खटाउने मुलुकमा नेपाल अहिले पहिलो स्थानमा छ,’ उनले भने।

मन्त्री राईले संयुक्त राष्ट्रसंघीको आह्वानमा नेपालले सन् १९५८ देखि नै विनाशर्त निरन्तर शान्ति सैनिकहरू खटाउँदै आएको उल्लेख गर्दै संयुक्त राष्ट्रसंघको अनुरोधमा नेपाल आगामी दिनमा दश हजारसम्म शान्ति सैनिकहरू खटाउन तयार रहेको प्रतिबद्धता जाहेर गरे।

नेपाल द्रुत तैनाथी कार्यशाला आयोजना गर्नसमेत तयार रहेको बताउँदै मन्त्री राईले द्वन्द्वग्रस्त मुलुकहरूमा यौनशोषण र दुर्व्यवहारमा परेका पीडितहरूका लागि सहयोग गर्न नेपालले संयुक्त राष्ट्रसंघको ट्रष्ट फन्डमा १६ हजार अमेरिकी डलर योगदान गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

रक्षामन्त्री राईले शान्ति स्थापना कार्यअन्तर्गत उच्च नेतृत्व तहमासमेत रही नेपालले काम गर्ने अवसर प्राप्त गर्ने अपेक्षा राखेको मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यले जानकारी दिए। हाल शान्ति स्थापनाको सुधार र सवलीकरणका लागि भइरहेका प्रयासको सराहना गर्दै उनले शान्ति स्थापना कार्यमा खटिने मिसनमा महिलालाई सहभागी गराउने विषयलाई नेपालले उच्च महत्त्व र प्राथमिकता दिएको स्पष्ट पारे।

प्रकाशित मिति: १७:२३ बजे, शुक्रबार, जेठ २, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्