Kathmandu Press

उत्पादनबिनाको वितरणले समाजवादको बाटो समात्न सक्दैन : धनराज गुरुङ

उनले उत्पादनबिनाको वितरणले समाजवादको बाटो समात्न नसक्ने भएकाले राज्यको लगानी पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने बताए।
उत्पादनबिनाको वितरणले समाजवादको बाटो समात्न सक्दैन : धनराज गुरुङ

काठमाडौं, जेठ २ : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राज्यको लगानी पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने बताएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उत्पादनबिनाको वितरणले समाजवादको बाटो समात्न नसक्ने भएकाले राज्यको लगानी पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने बताए।

Hardik ivf

‘राज्यको लगानी पुँजी निर्माणमा केन्द्रित हुनुपर्छ। उत्पादनबिनाको वितरणले समाजवादको बाटो समात्न सक्दैन। उत्पादन र वितरणबीचको सन्तुलन मिलाएर समाजवादको प्रभावकारी कार्यान्वयन आजको आवश्यकता हो। उत्पादनमा शिथिलता तर वितरणमा प्रतिस्पर्धा र होडबाजीको चलन देखियो,’ उलने भने, ‘यही कारण हाम्रो राजस्व र चालु खर्चबीच ठूलो खाडल देखिन थालेको छ । हामी लोकिप्रियतावादमा बढी रमाउँदा यस्तो भएको हो। आसेपासे पुँजीवादले मुलुकको अर्थतन्त्रलाई ध्वस्त बनाएको छ।’

सांसद गुरुङले उत्पादनबिनाको वितरण सम्भव नहुने भएकाले पहिले उत्पादन बढाएर मात्र वितरणमा केन्द्रित हुनुपर्ने बताए। 

उनले राष्ट्रको लगानी पुँजी निर्माणमा हुनुपर्ने र आर्थिक सुशासन कायम गर्नमा हुनुपर्ने बताए।
 

प्रकाशित मिति: १४:२० बजे, शुक्रबार, जेठ २, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्