Kathmandu Press

१६औं पञ्चवर्षीय योजनाअनुसार अबको बजेट बन्नुपर्छ : सांसद श्रेष्ठ

उनले मधेश प्रदेश शिक्षामा सबैभन्दा पछि परेको र गरिबीमा कर्णालीपछि दोस्रोमा पनि मधेश प्रदेश नै परेकोले मानव विकास सूचांकको आधारमा बजेट छुट्याउनुपर्ने माग गरे।
१६औं पञ्चवर्षीय योजनाअनुसार अबको बजेट बन्नुपर्छ : सांसद श्रेष्ठ

काठमाडौं, जेठ २ : नेकपा एमालेका सांसद लिलानाथ श्रेष्ठले १६औं पञ्चवर्षीय योजनाअनुसार अबको बजेट बन्नुपर्ने बताएका छन्। 

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले एकातिर योजना बनाउने र अर्कोतर्फ काम गर्दा लक्ष्यमा पुग्न नसकिने बताए।

‘१६औं पञ्चवर्षीय योजनाअनुसार बजेट बन्न सक्नुपर्छ। एकातिर  हामीले योजना बनाउने, काम चाँही अर्को तर्फ गरेपछि लक्ष्यमा पुग्न सकिँदैन,’ उनले भने, ‘अहिलेसम्म हामीले पञ्चवर्षीय योजनाअनुसार काम गर्न सकेका छैनौं। त्यसैले  हामीले  यसलाई आधार मानेर जान सक्नुपर्छ।’ 

सांसद श्रष्ठे मानव सूचांकको आधारमा बजेट विनियोजन गरिनुपर्ने सुझाव दिए। उनले मधेश प्रदेश शिक्षामा सबैभन्दा पछि परेको र गरिबीमा कर्णालीपछि दोस्रोमा पनि मधेश प्रदेश नै परेकोले मानव विकास सूचांकको आधारमा बजेट छुट्याउनुपर्ने माग गरे। उनले मधेशलाई सामाजिक र आर्थिक रुपमा रुपान्तरण गर्न आवश्यक रहेको औंल्याए।

‘मानव सूचांकको  आधारमा चाँही हामीले बजेट विनियोजन गर्नुपर्छ। जसले गर्दा विगतमा पनि सबैको असन्तुष्टि रह्यो,’ उनले भने, ‘हाम्रो मधेस प्रदेश शिक्षामा सबैभन्दा पछाडि छ र गरिबीमा कर्णाली पछि दोस्रो पनि मधेश प्रदेश नै छ। यो  मानव सूचांकको आधारमा यसपटक चाँही हाम्रो सरकारले बजेट विनियोजन गरोस्।’

प्रकाशित मिति: १४:१६ बजे, शुक्रबार, जेठ २, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्