Kathmandu Press

डडेल्धुरा पुगेका प्रचण्डले गरे देउवालाई फोन 

पार्टीको मध्यपहाडी लोकमार्गअन्तर्गतको अभियानको सुरुवात गर्न डडेलधुरा पुगेका प्रचण्डले सभापति देउवालाई फोन गरेका हुन्।
डडेल्धुरा पुगेका प्रचण्डले गरे देउवालाई फोन 

काठमाडौं, जेठ ३ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डडेल्धुराबाट कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गरेका छन्। 

पार्टीको मध्यपहाडी लोकमार्गअन्तर्गतको अभियानको सुरुवात गर्न डडेलधुरा पुगेका प्रचण्डले सभापति देउवालाई फोन गरेका हुन्। प्रचण्डले फोनमार्फत डडेलधुरा पुगेको जानकारी गराएका हुन्। 

दुई नेताबीच शिष्टाचार कुराकानी भएको जनाइएको छ । प्रचण्डले टेलिफोनमा ‘डडेलधुरा आएको छु’ भनेपछि देउवाले ‘स्वागत छ’ भनेका थिए। 

प्रेस सेन्टर डडेलधुरामा आयोजना गरेको पत्रकार सम्मेलनमा आफू र देउवाबीच टेलिफोन संवाद भएको जानकारी गराएका थिए। 

पत्रकार सम्मेलनमा टेलिफोन संवादबारे जानकारी गराउँदै प्रचण्डले भने, ‘डडेलधुरा शेरबहादुर देउवाजीको जिल्ला भनेर पनि चिनिन्छ । देउवाजीसँग पनि सम्पर्क भयो । उहाँले पनि मेरो जिल्लामा स्वागत छ भन्नुभयो।’ 
 

प्रकाशित मिति: १३:५० बजे, शुक्रबार, जेठ २, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्