Kathmandu Press

ट्रम्पले हटाए सिरियामाथिको प्रतिबन्ध 

उक्त भ्रमणका क्रममा साउदी अरेबियाका राजधानी रियादमा बोल्दै ट्रम्पले सिरियाविरुद्ध लगाइएका सबै प्रतिबन्ध हटाउने घोषणा गरेका छन् । 
ट्रम्पले हटाए सिरियामाथिको प्रतिबन्ध 

काठमाडौं, वैशाख ३१ : अमेरिकाले सिरियामाथिको प्रतिबन्ध हटाउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो दोस्रो कार्यकालको पहिलो आधिकारिक विदेश भ्रमण अन्तर्गत मंगलबारदेखि साउदी अरेबियाको भ्रमणमा छन् । 

उक्त भ्रमणका क्रममा साउदी अरेबियाका राजधानी रियादमा बोल्दै ट्रम्पले सिरियाविरुद्ध लगाइएका सबै प्रतिबन्ध हटाउने घोषणा गरेका छन् । 

Hardik ivf

अमेरिकी राष्ट्रपति ट्रम्पले साउदी अरबलाई अमेरिकाको सबैभन्दा बलियो साझेदार भन्दै भ्रमणको पहिलो दिन नै साउदी अरेयिबासँग १४२ अर्ब डलरको हतियार सम्झौता सार्वजनिक गरेका छन् । 

ट्रम्पले २०१७ मा आफ्नो पहिलो कार्यकालको सुरुआत पनि साउदी अरेबियाको भ्रमणबाट गरेका थिए ।
 

प्रकाशित मिति: ०८:४६ बजे, बुधबार, वैशाख ३१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्