Kathmandu Press

महालक्ष्मी नगरपालिकाद्वारा श्रममा सहभागी हुन आग्रह

ललितपुर, वैशाख २३ : महालक्ष्मी नगरपालिकाले दैनिक ज्यालादारी गरी खानुपर्ने वर्गलाई श्रमसँग जोड्ने योजनाअनुरुप सार्वजनिक विकास निर्माणको काममा लगाउने भए....

महालक्ष्मी नगरपालिकाद्वारा श्रममा सहभागी हुन आग्रह

ललितपुर, वैशाख २३ : महालक्ष्मी नगरपालिकाले दैनिक ज्यालादारी गरी खानुपर्ने वर्गलाई श्रमसँग जोड्ने योजनाअनुरुप सार्वजनिक विकास निर्माणको काममा लगाउने भएको छ। विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण रोक्न लकडाउन गरिएको अवस्थामा मजदुर वर्गलाई आवश्यक खर्च व्यवस्थापन गर्न सहज होस् भन्ने उदेश्यले नगरपालिकाले उक्त योजना अघि बढाएको हो।

दैनिक काम गरी खाने वर्गका हितमा न्यूनतम रोजगारको कार्यक्रम शुरु गर्न लागेका नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिए। उनले भने, “नगरपालिकाभित्र रहनुभएका बेरोजगार तथा श्रमिक वर्गलाई यहाँको वडा कार्यलयमा सम्पर्क गरी श्रममा आधारित रोजगार कार्यक्रममा सहभागी हुन अपिल गर्दछु।” नगरपालिकाले दिने काममा लाग्ने गरिब तथा विपन्न वर्ग भोकभोकै बस्नुपर्ने अवस्था सिर्जना नहुने उनको भनाई छ।

प्रकाशित मिति: १४:०० बजे, मंगलबार, वैशाख २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्