Kathmandu Press

पाकिस्तानी प्रधानमन्त्रीले भन्छन्– भारतले सुरु गरेको युद्धको कडा जवाफ दिन्छौं 

‘भारतले थोपरेको यो युद्ध कार्यको जवाफमा पाकिस्तानलाई कडा प्रतिक्रिया दिने पूर्ण अधिकार छ र कडा जवाफ दिइँदैछ,’ शरीफले समाजिक सञ्जालमा लेखेका छन्। 
पाकिस्तानी प्रधानमन्त्रीले भन्छन्– भारतले सुरु गरेको युद्धको कडा जवाफ दिन्छौं 

काठमाडौं, वैशाख २४ : पाकिस्तानी प्रधानमन्त्री सेहवाज सरिफले भारतको आक्रमणको जवाफ दिने बताएका छन्।

‘भारतले थोपरेको यो युद्ध कार्यको जवाफमा पाकिस्तानलाई कडा प्रतिक्रिया दिने पूर्ण अधिकार छ र कडा जवाफ दिइँदैछ,’ शरीफले समाजिक सञ्जालमा लेखेका छन्। 

Hardik ivf

भारतको यो आक्रमणको जवाफ दिन पाकिस्तानले पूर्ण अधिकार राख्ने समेत उनले भनेका छन्।

भारतको हवाई हमलामा परेर कम्तिमा ३० जना मारिएको प्रारम्भिक विवरण आएका छन्। कयौं घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

भारतीय रक्षा मन्त्रालयका अनुसार ‘सिन्दूर’नामक यो आक्रमणले पाकिस्तान र पाकिस्तानले कब्जा गरेको जम्मू र कश्मीरमा ‘आतंकवादी पूर्वाधार’ का नौ ठाउँहरूलाई निशाना बनाएको थियो।

भारतीय रक्षा मन्त्रालयले कुनै पनि पाकिस्तानी सैन्य अड्डालाई निशाना नबनाइएको र आफ्नो कारबाही ‘केन्द्रित, मापन गरिएको र गैर–उत्तेजक’ भएको दाबी गरेको छ।


 

प्रकाशित मिति: ११:३५ बजे, बुधबार, वैशाख २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्