पाकिस्तानमाथि भारतको आक्रमणको आक्रमण लाजमर्दो : ट्रम्प
‘यो लाजमर्दो कुरा हो। लडाईँ हुन सक्ने अनुमान पहिले नै थियो। म आशा गर्छु, यो तनाव चाँडै सकिन्छ,’ उनले भनेका छन्।
काठमाडौं, वैशाख २४ : भारतले पाकिस्तानमा आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घटनालाई लाजमर्दो भएको टिप्पणी गरेका छन्।
‘यो लाजमर्दो कुरा हो। लडाईँ हुन सक्ने अनुमान पहिले नै थियो। म आशा गर्छु, यो तनाव चाँडै सकिन्छ,’ उनले भनेका छन्।
कश्मिररको पहलगाममा अप्रिल २२ मा २७ जनाको ज्यान जाने गरि भएको आतंककारी आक्रमणको बदलामा भारतले बुधबार हवाई आक्रमण गरेको हो।
भारतले मंगलबार राति विभन्नि ९ स्थानमा २४ मिसाइल आक्रमण गर्दा ८ जनाको मृत्यु भएको छ भने करिब तीन दर्जन घाइते भएको बताइएको छ।
अक्रामणपछि कश्मिर क्षेत्रमा दुवै तर्फका विद्यालयहरू बन्द गरिएको छ।
प्रकाशित मिति: ११:३० बजे, बुधबार, वैशाख २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार