Kathmandu Press

पाकिस्तानमा भारतको हवाई आक्रमण : ८ जनाको मृत्यु, ३५ घाइते

भारतले पाकिस्तानका बहावलपुर, मुरीदके, गुलपुर, सवाई, बिलाल, कोटली, बरनाला, सरजाल र महमूनामा आक्रमण गरेको हो । आक्रमणबाट आठ जनाको मृत्यु भएको पाकिस्तानले दाबी गरेको छ ।
पाकिस्तानमा भारतको हवाई आक्रमण : ८ जनाको मृत्यु, ३५ घाइते

नयाँदिल्ली, वैशाख २४ : भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ काश्मीरका ९ स्थानमा हवाई आक्रमण गरेको छ । भारतको रक्षामन्त्रालयले पाकिस्तानका विभिन्न ९ स्थानमा आक्रमण भएको दाबी गरेको छ ।

भारतले पाकिस्तानका बहावलपुर, मुरीदके, गुलपुर, सवाई, बिलाल, कोटली, बरनाला, सरजाल र महमूनामा आक्रमण गरेको हो । आक्रमणबाट आठ जनाको मृत्यु भएको पाकिस्तानले दाबी गरेको छ ।

Hardik ivf

पाकिस्तानी सैन्य प्रवक्ताले रोयटर्स र एएफपी समाचार संस्थालाई दिएको जानकारी अनुसार भारतले पाकिस्तानमा गरेको आक्रमणमा मृत्यु हुने नागरिकको संख्या ८ पुगेको छ भने ३५ जनाघाइते भएकाछन् । दुईजना हराइरहेको बताइएको छ ।

पाकिस्तानी सेनाले दुई बालबालिका सहित आठ जनाको मृत्यु भएको बताएको छ । प्रवक्ताले ६ स्थानमा २४ वटा मिसाइल प्रहार गरिएको जानकारी दिएका छन् । आक्रमणमा तीन बालबालिकाको साथमा सात जनाको ज्यान गएको पाकिस्तानले जनाएको छ ।

अहिले धेरै भारतीय विमना सेवाहरूले भारत अधीनस्थ काश्मीरको उडान रद्द गरेका छन् । संसारका धेरै एयरलाइन्सका विमान पाकिस्तानको बाटो बाट अन्यत्र डाइभर्ट हुन थालेका छन् ।

पाकिस्तानी सूचनामन्त्री अतुल्लाह तरारले भारतले सीमा नै पार गरेको प्रतिक्रिया दिँदै यसको प्रतिकार गर्ने चेतावनी समेत दिए । पाकिस्तानले कम्तीमा दुई भारतीय जेट तथाड्रोन खसालेको बताएको छ ।

प्रकाशित मिति: ०८:५४ बजे, बुधबार, वैशाख २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्