Kathmandu Press

विस्फोटक पदार्थसहित विप्लव समूहका कार्यकर्ता पक्राउ

इलाम, वैशाख २३ : इलामको माई नगरपालिका–९ बोरुङमा ठूलो परिमाणमा विष्फोट पदार्थसहित नेत्रविक्रम चन्द विप्लव समूहका जिल्ला इन्चार्ज र दुई कार्यकर्ता....

विस्फोटक पदार्थसहित विप्लव समूहका कार्यकर्ता पक्राउ

इलाम, वैशाख २३ : इलामको माई नगरपालिका–९ बोरुङमा ठूलो परिमाणमा विष्फोट पदार्थसहित नेत्रविक्रम चन्द विप्लव समूहका जिल्ला इन्चार्ज र दुई कार्यकर्ता पक्राउ परेका छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले विशेष सुराकीको आधारमा सोमबार राति उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा संखुवासभा घर भएका इलाम जिल्ला इन्चार्ज पुष्प कोइराला, ताप्लेजुङ लिकुखोला घर भएका जनम भनिने २४ वर्षीय पासाङ शेर्पा र उदयपुरका सौरभ भनिने १९ वर्षीय पासाङ तामाङलाई विष्फोटक पदार्थ र त्यसमा लागि प्रयोग हुने सामग्रीसहित पक्राउ गरेको इलामका प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिए।

पाण्डेका अनुसार उनीहरुको साथबाट विष्फोटक पदार्थ डिटोनेटर १९ थान, प्रेसरकुकर बम एक थान, ग्रिनेड एक थान, टुकीबम एक थान, पाइपमा फिट गरिएको बम एक थान, डेथकड ६७ फिट, बम विष्फोटमा प्रयोग हुने मिटर र रिमोट चार थान, विभिन्न प्रकारका विष्फोटक पदार्थ, चक्कु तथा दस्तावेज बरामद गरेको छ । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय इलाम ल्याइपु¥याइएको छ ।  

प्रकाशित मिति: ११:५६ बजे, मंगलबार, वैशाख २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्