Kathmandu Press

गगन थापाले दिए सरकारबाट बाहिरिने चेतावनी

उनले नेपाली काङ्ग्रेस बाध्य भएर गठबन्धनमा रहेको भन्दै आधारभूत कुरामा पनि सम्झौता गरेर बस्नुपर्यो भने सरकारबाट बाहिरिने बताए।
गगन थापाले दिए सरकारबाट बाहिरिने चेतावनी

काठमाडौं, वैशाख ११ : नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले आधारभूत कुरामा सम्झौता गर्नुपर्ने अवस्था आएमा सरकारबाट बाहिरिने बताएका छन्।

विहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपाली काङ्ग्रेस बाध्य भएर गठबन्धनमा रहेको भन्दै आधारभूत कुरामा पनि सम्झौता गरेर बस्नुपर्यो भने सरकारबाट बाहिरिने बताए।
 
‘अहिले मैंले समस्याको कुराहरु गरेँ। तर हामीले समाधान पनि दिनुपर्छ । हाम्रा बाध्यताहरु छन्, एक्लै छैनौँ, सरकारमा छौँ। कतिपय कुरामा कम्प्रमाइज गरेका छौँ । तर आधारभूत कुरामा कम्प्रमाइज गर्न सक्दैनौं,’ उनले भने, ‘हामीले यो भन्न सक्नुपर्छ, परिआएको खण्डमा सरकारबाट बाहिर जान्छौँ । सरकार मात्रै सबैभन्दा ठूलो कुरा होइन।’

कानून एवम संस्था निर्माण गर्ने जस्ता कुरामा सम्झौता हुन नसक्ने भन्दै काङ्ग्रेसले यो भन्न सक्ने क्षमता राख्नुपर्ने पनि उनको भनाइ छ।

महामन्त्री थापाले संघीयताको लोकप्रियता छैन भनेर भाग्ने होईन् नागरिकहरुसँग बसेर संवाद गरेर सुधार गर्दै लानुपर्ने पनि बताए।

उनले भने, ‘संघीयताले जसरी काम गर्नुपर्ने थियो त्यस हिसाबले गरिरहेको छैन् । त्यसैले संघीयताको लोकप्रियता छैन भनेर भाग्ने होइन् । नागरिकहरुसँग बसेर संवाद गर्ने हो । सच्चाउनुपर्ने कुरा सच्चाउने हो ।’

 

प्रकाशित मिति: २०:३८ बजे, बिहीबार, वैशाख ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्