नेपाल फर्काइएका भुटानी शरणार्थीलाई अमेरिका जानुपूर्वको अवस्थामा राख्नू : सर्वोच्च
उनीहरुलाई झापाको बेलडागी शरणार्थी शिविर वा अन्य उपयुक्त स्थानमा स्थान हद तोकेर राख्न र ६० दिन भित्र अनुसन्धान कार्य सम्पन्न गर्न अदालतले आदेशमा भनेको छ।
काठमाडौं, बैशाख ११ : अमेरिकाबाट डिपोर्ट भई नेपाल आएलगत्तै पक्राउ परेका चारजना भुटानी शरणार्थीलाई अमेरिका जानुअघिकै अवस्थामा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ।
सर्वोच्चका न्यायाधीशद्वय बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बिहीबार सरकारका नाममा उक्त आदेश जारी गरेको हो। अमेरिकामा तेस्रो देशमा पुनर्वास हुनुअघि उनीहरू झापाको शरणार्थी शिविरमा रहेका थिए।
उनीहरुलाई झापाको बेलडागी शरणार्थी शिविर वा अन्य उपयुक्त स्थानमा स्थान हद तोकेर राख्न र ६० दिन भित्र अनुसन्धान कार्य सम्पन्न गर्न अदालतले आदेशमा भनेको छ।
सर्वोच्चको आदेशले पक्राउ परेका चारजना भुटानी शरणार्थी थुनामुक्त हुने भएका छन्।
अमेरिकाबाट डिपोर्ट गरिएका अशोक गुरुङ समेत ४ जनाको हकमा नारायणकुमार सुवेदीले गत बैशाख ३ गते बन्दीप्रत्यक्षीकरणको रिट दिएका थिए।
सर्वोच्चले गृह मन्त्रालयका नाममा आदेश दिएको छ।