Kathmandu Press

नवनियुक्त शिक्षामन्त्री पन्तले भने– शिक्षकलाई वार्ताबाट कक्षाकोठामा फर्काउने प्रयास गर्छु

मन्त्री पन्तले पदभार समालेपछि शिक्षकका मागबारे जानकार भएपनि अहिलेसम्म भएका प्रयासहरुबारे जानकारी लिएपछि मात्रै थप प्रतिक्रिया दिने बताए।
नवनियुक्त शिक्षामन्त्री पन्तले भने– शिक्षकलाई वार्ताबाट कक्षाकोठामा फर्काउने प्रयास गर्छु

काठमाडौं, बैशाख ११ : नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरुसँग वार्ता गरी कक्षा कोठामा फर्काउने प्रयास गर्ने बताएका छन्।

मन्त्री पन्तले पदभार समालेपछि शिक्षकका मागबारे जानकार भएपनि अहिलेसम्म भएका प्रयासहरुबारे जानकारी लिएपछि मात्रै थप प्रतिक्रिया दिने बताए।

‘शिक्षकहरुलाई वार्ताबाट कक्षाकोठामा फर्काउने प्रयास गर्ने छु,’ मन्त्री पन्तले भने, ‘ अब बोल्ने भन्दा पनि काम गर्ने ठाउँमा आएको  छु। वार्ताबाट शिक्षकहरूको माग सम्बोधन गर्ने प्रयास गर्छु । मेरो सम्पूर्ण ध्यान त्यता केन्द्रित हुन्छ।’

प्रकाशित मिति: २०:२० बजे, बिहीबार, वैशाख ११, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्