आवासीय चिकित्सकहरु पुनः सडक प्रदर्शनमा
माइतीघर मण्डलामा भेला भएर स्वास्थ्य मन्त्रालय घेर्न हिँडेका उनीहरुलाई प्रहरीले बीचमा रोकेको छ।
काठमाडौं, वैशाख ११ : आवासिय चिकित्सकहरु पुनः सडक प्रदर्शनमा उत्रिएका छन्।
सरकारले निर्णय गरेको निर्वाह भत्ता नपाएको भन्दै नेपाल चिकित्सक संघको आव्हानमा आवासिय चिकित्सकले आन्दोलन सुरू गरेका हुन्।
उनीहरुले श्रम शोषण भएको बताउँदै आएका छन्। माइतीघर मण्डलामा भेला भएर स्वास्थ्य मन्त्रालय घेर्न हिँडेका उनीहरुलाई प्रहरीले बीचमा रोकेको छ।
यसैबीच चिकित्सक संघले सरकारलाई २४ घण्टाभित्र माग पूरा गर्न अल्टिमेटम दिएको छ । संघले माग पूरा नभए शुक्रबारदेखि आकस्मिक र सघन उपचारबाहेकका सबै सेवा ठप्प पार्ने चेतावनी समेत दिएका छन्।
गत माघ २५ गते प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह) को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरे पनि कार्यान्वयन नभएपछि पुनः सडक आन्दोलन शुरु भएको हो ।
-1746274827.png)