Kathmandu Press

जनमत र नागरिक उन्मुक्तिबीच वैशाख १७ मा एकताको घोषणा

जनमत पार्टीका अध्यक्ष सीके राउतको सचिवालयले जनाए अनुसार एकता घोषणाको तयारी पुरा भएको छ ।
जनमत र नागरिक उन्मुक्तिबीच वैशाख १७ मा एकताको घोषणा

काठमाडौं, वैशाख ११ : जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आगामी वैशाख १७ गते एकता घोषणा गरिने भएको छ।

जनमत पार्टीका अध्यक्ष सीके राउतको सचिवालयले जनाए अनुसार एकता घोषणाको तयारी पुरा भएको छ ।

Hardik ivf

राउतको सचिवालयले भनेको छ, ‘धेरै  पार्टी÷शक्तिहरूको अहिले निद्रा उडेको छ । किनकि आन्दोलन र जनताको बीचबाट आएको, जनताको पक्षमा काम गर्ने, एउटा नयाँ शक्तिशाली पार्टी नेपालमा उदय हुने क्रममा छ। नेपालकै राजनीतिमा दूरगामी प्रभाव पार्ने र इतिहासमै नभएको अभूतपूर्व मिलन र एकता हुँदैछ।’

सचिवालयले परिवारमा झगडा लगाउनेदेखि ज्यान मार्ने र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पुनः पक्राउ गर्ने धम्की आएको दाबी समेत गरेको छ।

 

प्रकाशित मिति: १४:३७ बजे, बिहीबार, वैशाख ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्