Kathmandu Press

राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै

आजको बैठकमा पार्टी अध्यक्ष कमल थापाले समसामयिक पछिल्लो अवस्था र भावी योजनाका विषयमा धारणा राख्ने तयारी छ ।
राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै
Hardik ivf

काठमाडौं, वैशाख ११ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सिफलमा दिउँसो साढे १ बजे बस्नेछ ।

आजको बैठकमा पार्टी अध्यक्ष कमल थापाले समसामयिक पछिल्लो अवस्था र भावी योजनाका विषयमा धारणा राख्ने तयारी छ ।

यस्तै बैठकमा पार्टीको भूमिका र साङ्गठनिक गतिविधि, चैत १५ गते भएको तीनकुने घटना र त्यस घटनासँग सम्बन्धित भएर पक्राउ परेकाहरूको रिहाइका साथै उक्त घटनाकाबारेमा न्यायिक छानबिन आयोग गठनका लागि सरकारलाई दबाब दिने विषयमा छलफल हुने राप्रपा नेपालले जनाएको छ ।

प्रकाशित मिति: ०८:१९ बजे, बिहीबार, वैशाख ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्