रास्वपा संसदीय दलको बैठक बस्दै
बैठकमा शुक्रबारबाट सुरु हुने अधिवेशनको तयारी तथा पार्टीको भावी रणनीतिलगायत विषयका छलफल हुने बताइएको छ ।
काठमाडौं, वैशाख ११ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दैछ । बैठक दलको कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बस्नेछ ।
बैठकमा शुक्रबारबाट सुरु हुने अधिवेशनको तयारी तथा पार्टीको भावी रणनीतिलगायत विषयका छलफल हुने बताइएको छ ।
यस्तै, यही वैशाख ४ गते बसेको केन्द्रीय समिति बैठकले दिएको निर्देशनका विषयमा पछि छलफल हुने रास्वपाले जनाएको छ ।
प्रकाशित मिति: ०७:५७ बजे, बिहीबार, वैशाख ११, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार