Kathmandu Press

विधेयक पारित गर्दा कुनै पार्टीको सामान्य गन्द पनि आउन हुँदैन : सभापति खतिवडा

सभापति रामहरि खतिवडाले १ र २ बुद्दा आजै पारित गर्ने र अन्य बुँदाको हकमा फेरि छलफल गरेर अन्तिम निष्कर्षमा पु¥याउने बताए।
विधेयक पारित गर्दा कुनै पार्टीको सामान्य गन्द पनि आउन हुँदैन : सभापति खतिवडा

काठमाडौं, वैशाख १० : राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा गठित उपसमितिले पेस गरेको प्रतिवेदनको दुई वटा बुँदा पारित गरेको छ।

बुधबार बसेको समितिको बैठले विधेयकका सम्बन्धमा गठित उपसमितिले पेस गरेको प्रतिवेदनमा रहेको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रस्तावनामा रहेको उत्तरदायी भन्ने शब्द हटाएर जनउत्तरदायी, समावेशी, पारदर्शी, प्रणालीमुखि, प्रविधिमैत्री भन्ने शब्द र सुशासनमुखि भन्ने शब्दको सट्टा सुशासनयुक्त भन्ने शब्द राख्ने र विधेयकको दफा १ को उपदफा एकमा रहेको २०८० भन्ने शब्दको सट्टामा २०८२ भनेर राख्नु पर्ने भन्ने बुँदा समितिबाट पारित भएको हो।

Hardik ivf

सोही क्रममा समिति सभापति रामहरि खतिवडाले १ र २ बुद्दा आजै पारित गर्ने र अन्य बुँदाको हकमा फेरि छलफल गरेर अन्तिम निष्कर्षमा पु¥याउने बताए।

उनले सबैलाई मिलाएर संविधान र व्यवस्थालाई अझ बलियो बनाउने गरि यो विधेयक ल्याउनु पर्ने आवश्यकता रहेको भन्दै विधेयक पारित गर्दा कुनै पार्टीको सामान्य गन्द पनि आउन नहुने बताए।

‘सबैलाई मिलाएर लान सक्ने, संविधान र व्यवस्थालाई अझ बलियो बनाउने गरि यो विधेयक ल्याउनु पर्ने आवश्यकता रहेको छ। यो हामी सबैको विधेयक हो । त्यसकारण यो विधेयक छिटो ल्याउनु पर्छ र सबैको धारणा अनुसार ल्याउनु पर्छ भन्ने सबैको चाहाना छ,’ उनले भने, ‘यसमा सबैको सहमति आवश्यक हुन्छ त्यसकारण यसमा विवादित नबनौं, यसमा मतदानको अवस्था पनि आउनु हँुदैन। विधेयक पारित गर्दा कुनै पार्टीको पनि सामान्य गन्द पनि आउनु हुँदैन।’

बैठकमा समिति सदस्य एंव नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले संसदको समितिहरुले काम ढिला गरेको बेला दबाव दिनु ठिक हो तर काम गरिरहेको बेलामा सरोकारवालाहरुले सकारात्मक रुपमा लिनुपर्ने भन्दै आएको प्रतिवेदन अनुसार काम छिटो अगाडि बढाउने बताए।

‘यो प्रतिवेदन हेरि सकेपछि यसलाई समझदारीका साथ टुङ्गाउनुपर्छ । संसदको समितिहरुले यसरी काम गरिरहेको बेलामा सबै सम्बन्धित सरोकारवाला पक्षले पनि यसको मान राख्नु पर्छ। यही बस्दै गर्दा आन्दोलनको घोषणाको कुरा पनि आएको छ यसलाई रोक्न पनि आग्रह गर्न चाहान्छु,’ उनले भने, ‘समितिहरुले काम ढिला गरेको बेला दबाव दिनु ठिक हो तर काम गरिरहेको बेलामा सरोकारवालाहरुले सकारात्मक रुपमा लिनु पर्छ। प्रतिवेदन आएको छ यो पास नभएसम्म राम्रो वातावरण बनाऊ।’

 

प्रकाशित मिति: १७:०८ बजे, बुधबार, वैशाख १०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्