Kathmandu Press

ओली र मोदीबीच टेलिफोन संवाद

जम्मु कश्मिरमा मंगलबार आतंकवादी समूहले गरेको हमलापछि प्रधानमन्त्री ओलीले मोदीसँग टेलीफोन संवाद गरेका हुन्।
ओली र मोदीबीच टेलिफोन संवाद
फाइल तस्बिर।

काठमाडौं, वैशाख १० : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय सकमक्षी नरेन्द्र मोदीविच टेलिफोन संवाद भएको छ।

जम्मु कश्मिरमा मंगलबार आतंकवादी समूहले गरेको हमलापछि प्रधानमन्त्री ओलीले मोदीसँग टेलीफोन संवाद गरेका हुन्।

Hardik ivf

प्रधानमन्त्री ओलीले मोदीसँगको टेलिफोन कुराकानीमा आतंकवादी हमलमा ज्यान गुमाउनेप्रति समवेदना प्रकट गर्दै यस्ता कार्यविरुद्ध नेपालको ऐक्यबद्धता रहेको भनाई राखेको जनाइएको छ।

मोदीसँगको कुराकानीमा जघन्य कार्यहरू विरुद्ध भारतसँग नेपालको अटल ऐक्यबद्धता रहेको प्रतिबद्धता ओलीले जनाएका थिए।

भारतीय सञ्चारमाध्यमले जनाए अनुसार यो घटनाको ‘द रेसिस्टेन्ट फ्रन्ट’ नामक समूहले जिम्मेवारी लिएको जनाएका छन्। आंतकवादी हमलापछि भारतको राजधानी दिल्ली र मुम्बईसहित भारतभर उच्च सतर्कता अपनाइएको छ।

 

 

 

प्रकाशित मिति: १६:५० बजे, बुधबार, वैशाख १०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्