Kathmandu Press

एनआरएनएको एकता महाधिवेशन विवादमा मिसिल झिकाउने आदेश

महान्याधिवक्ताको कार्यालयले ६ महिना एकता महाधिवेशन पर सार्न माग गर्दै सर्वोच्चमा पेस गरेको निवेदनविरुद्ध राजेश शमशेर राणाले दायर गरेको अर्को रिटमा सर्वोच्चले बुधबार उक्त आदेश दिएको हो।
एनआरएनएको एकता महाधिवेशन विवादमा मिसिल झिकाउने आदेश

काठमाडौं, वैशाख १० : गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनसम्बन्धी विवादमा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ।

महान्याधिवक्ताको कार्यालयले ६ महिना एकता महाधिवेशन पर सार्न माग गर्दै सर्वोच्चमा पेस गरेको निवेदनविरुद्ध राजेश शमशेर राणाले दायर गरेको अर्को रिटमा सर्वोच्चले बुधबार उक्त आदेश दिएको हो।

Hardik ivf

परराष्ट्र मन्त्रालयको परिपत्र अनुरुप महान्याधिवक्ताको कार्यालयले ६ महिना एकता महाधिवेशन पर सार्न माग गर्दै सर्वोच्चमा निवेदन पेस गरेको थियो । त्यसविरुद्ध राणाले अर्को मुद्दा दिएका हुन्।

सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासले मिशिल झकाउने आदेश गरेको हो । राणाले तोकिएकै समयमा महाधिवेशन हुनुपर्ने मागसहित सर्वोच्चमा रिट दिएका थिए।
 
गत वैशाख ८ गते सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयले तोकिएकै मितिमा महाधिवेशन गराउन परिपत्र गरिसकेको छ । यो विवादमा अब सुनुवाइको अर्को पेसी तोकेर निर्णय हुने भएको छ।

 

प्रकाशित मिति: १५:२८ बजे, बुधबार, वैशाख १०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्