Kathmandu Press

नीति तथा कार्यक्रम वैशाख १९ गते पेस गर्ने तयारी

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते पेस गर्ने गरी मस्यौदा तयार पारेका छन्।
नीति तथा कार्यक्रम वैशाख १९ गते पेस गर्ने तयारी

काठमाडौं, वैशाख १० : आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते पेस गर्ने तयारी भएको छ।\

सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते पेस गर्ने गरी मस्यौदा तयार पारेका छन्।

आगामी जेठ २ गतेबाट प्रि–बजेट छलफल गर्ने तयारी समेत गरिएको छ। नीति तथा कार्यक्रम र प्रि–बजेट छलफलबारे वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेस हुने भएको छ।

प्रमुख सचेतकहरुसँग भएको छलफलमा पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद सञ्चालन गर्ने प्रस्ताव समेत गरिएको जनाइएको छ।

बैठकले सभामुखको उक्त प्रस्तावलाई अनुमोदन गरेको छ।

 

 

 

प्रकाशित मिति: १४:१४ बजे, बुधबार, वैशाख १०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्