Kathmandu Press

प्रधानन्यायाधीशविरुद्ध अफवाह फैलाएको आरोपमा ‘नेपाल पेन’ माथि अवहेलना मुद्दा

नेपाल पेन अनलाइनले प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई भेटेको भन्दै समाचार प्रकाशित गरेको थियो।
प्रधानन्यायाधीशविरुद्ध अफवाह फैलाएको आरोपमा ‘नेपाल पेन’ माथि अवहेलना मुद्दा

काठमाडौं, वैशाख १० : प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको भन्दै अफवाह फैलाएको आरोपमा एक अनलाइनविरुद्ध अदालतको अवहेलनामा कारवाहीका लागि मुद्दा दर्ता भएको छ।

अवहेलनामा कारवाहीका लागि सर्वोच्च अदालत प्रशासनबाटै प्रतिवेदन तयार पारी मुद्दा दर्ता गरिएको हो।

Hardik ivf

सर्वोच्च अदालतमा कार्यरत नासु कमला रेग्मी र कम्प्युटर अपरेटर रमेश बजगाईंले ‘नेपाल पेन’ अनलाइनलाई अवहेलनामा कारवाही हुनुपर्ने भन्दै प्रतिवेदन उठाएका हुन्। 

उक्त प्रतिवेदन सर्वोच्चका न्यायाधीशहरु अब्दुल अजीज मुसलमान र टेकप्रसाद ढुंगानाको इजलासमा पेश गरिएको छ।

नेपाल पेन अनलाइनले प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई भेटेको भन्दै समाचार प्रकाशित गरेको थियो। 

अहिले भने उक्त समाचारको विषयवस्तु अनलाइनले हटाइसकेको छ। उक्त अनलाइनको प्रधानसम्पादकमा डा.दिपेश केसी र कार्यकारी सम्पादकमा सचिना बानियाँ रहेका छन्।

 

प्रकाशित मिति: १४:०० बजे, बुधबार, वैशाख १०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्