Kathmandu Press

ट्रेड युनियनलाई आन्दोलनका कार्यक्रम स्थगित गर्न कांग्रेस महामन्त्री थापाको आग्रह

सांसद एवम् पूर्व स्वास्थ्य मन्त्री समेत रहेका थापाले निजामती विधेयक चाँडै पास गर्ने तयारीमा रहेको बताउदै आन्दोलनका कार्यक्रमहरू स्थगित गर्न आग्रह गरेका हुन् ।
ट्रेड युनियनलाई आन्दोलनका कार्यक्रम स्थगित गर्न कांग्रेस महामन्त्री थापाको आग्रह

काठमाडौं, वैशाख १० : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कर्मचारी ट्रेड युनियनलाई आन्दोलनका कार्यक्रम स्थगित गर्न आग्रह गरेका छन् । 

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बुधबार बोल्नेक्रममा महामन्त्री थापाले उक्त आग्रह गरेका हुन् । सांसद एवम् पूर्व स्वास्थ्य मन्त्री समेत रहेका थापाले निजामती विधेयक चाँडै पास गर्ने तयारीमा रहेको बताउदै आन्दोलनका कार्यक्रमहरू स्थगित गर्न आग्रह गरेका हुन् । थापाले समितिले विधेयक अन्तिम टुङ्गो लगाएको बेलामा कर्मचारी ट्रेड युनियनले आन्दोलनका कार्यक्रम गर्ने कुरा रोक्नुपर्ने बताए । 

महामन्त्री थापाले भने, ‘समितिले विधेयक अन्तिम टुङ्गो लगाएको बेलामा कर्मचारी ट्रेड युनियनले आन्दोलनका कार्यक्रम गर्ने कुरा आएका छन् । त्यसलाई रोक्न आग्रह गर्दछु । युनियनहरूले पुनः विचार गर्नुपर्छ । राज्य सबैले मिलेर चलाउने हो । सुस्त रूपमा काम भएको अवस्थामा दबाब दिनु जायज हुन्छ । सबै बसेर सहमति गर्ने खोज्ने विषयलाई सकारात्मक लिएर सबै सरोकारवालाहरूले मदत गर्नुपर्छ ।’

महामन्त्री थापाले विधेयक चाँडै पास गर्ने तयारी रहेको पनि बताए । निजामती कर्मचारी ट्रेड युनियनका नेताहरूले समिति बैठकमा बोल्दै १० बुँदे माग पूरा गर्न ७२ घण्टे अल्टिमेटम दिएका थिए ।  
 

प्रकाशित मिति: १३:५१ बजे, बुधबार, वैशाख १०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्