प्रधानमन्त्रीद्वारा जम्मू–कश्मीरमा भएको आतंकवादी आक्रमणको निन्दा
प्रधानमन्त्री ओलीले जम्मू–कश्मीरको पलगाममा भएको आतंकवादी आक्रमणको कडा निन्दा गर्दै आतंकवादविरुद्धको लडाइँमा भारतसँग दृढ ऐक्यबद्धता रहने बताएका छन् ।
काठमाडौं, वैशाख १० : प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मू–कश्मीरमा २७ जनाको ज्यान जानेगरी भएको आतंकवादी आक्रमणको कडा शब्दमा निन्दा गरका छन् ।
प्रधानमन्त्री ओलीले जम्मू–कश्मीरको पलगाममा भएको आतंकवादी आक्रमणको कडा निन्दा गर्दै आतंकवादविरुद्धको लडाइँमा भारतसँग दृढ ऐक्यबद्धता रहने बताएका छन् । मंगलबार जम्मू–कश्मीरको पलगाममा भएको आतंकवादी आक्रमणको एक जना नेपालीसहित २७ जनाको मृत्यु भएको थियो ।
ओलीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘पहलगाममा भएको आतङ्कवादी आक्रमणमा परेका सबैप्रति गहिरो समवेदना प्रकट गर्दछौं। नेपालले भारतसँग दृढ ऐक्यबद्धता जनाउँछ र सबै किसिमका आतङ्कवादी कार्यहरूको कडा निन्दा गर्दछ ।’
आतंकवादीले पर्यटकको धर्म सोधेर गोली प्रहार गरेका थिए । नाम र धर्म नबताउनेको पाइन्टसमेत खोलेर चेक गरिएको आक्रमणका घाइतेहरुले बताएका छन् ।
प्रकाशित मिति: १३:४० बजे, बुधबार, वैशाख १०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












