Kathmandu Press

५२ पदाधिकारी विवाद ‘हेर्दाहेर्दै’ अवस्थामा, अख्तियार प्रमुख आयुक्तको तर्फबाट बहस सुरु

५२ पदाधिकारी विवाद ‘हेर्दाहेर्दै’ अवस्थामा, अख्तियार प्रमुख आयुक्तको तर्फबाट बहस सुरु

काठमाडौं, वैशाख ९ः संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति विवाद मंगलबार पनि सर्वोच्च अदालतमा ‘हेर्दाहेर्दै’ मा अवस्थामा रहेको छ।

सर्वोच्चको संवैधानिक इजलासमा भएको सुनुवाइमा आज पनि शुरुमा सरकारी वकिलले बहस गरेका थिए। सरकारी वकिलको बहस सकिएपछि संवैधानिक अंगमा नियुक्त पदाधिकारीको तर्फबाट सुनुवाई अघि बढेको छ। सरकारी वकीलको वहशपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईका तर्फबाट सुनुवाई सुरू भएको हो । प्रमुख आयुक्त राईका तर्फबाट बहस जारी रहने छ।
 
केपी शर्मा ओली अघिल्लोपल्ट प्रधानमन्त्री हुँदा ५२ जनालाई संवैधानिक आयोगमा नियुक्ति गरिएको विवादमा सर्वोच्च अदालतमा विभिन्न १५ वटा रिट निवेदनहरु दर्ता भएका छन्। सर्वोच्चको संवैधानिक इजलासमा गत माघ ३० बाट सुनुवाइ शुरु भएको थियो। संवैधानिक इजलासमा ‘हेर्दाहेर्दै’ मा राखेर निरन्तर सुनुवाइ चलिरहेको छ।

प्रकाशित मिति: १९:४६ बजे, मंगलबार, वैशाख ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्