गभर्नर सिफारिस समितिबाट भट्टराईले दिए राजीनामा
नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर छनोट गर्न गठित समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएका छन्।
काठमाडौं, वैशाख ९ः नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर छनोट गर्न गठित समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएका छन्।
सिफारिस समिति गठन भएको एक महिनासम्म बैठकसम्म नबसेको बताउँदै पूर्व गभर्नर भट्टराईले राजीनामा दिएका हुन्। उनले समितिमा बस्नुको कुनै अर्थ नभएको बताएका छन्।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्राध्यापक डा.विश्वनाथ पौडेल र राष्ट्र बैंकका पूर्वगभर्नर भट्टराई सदस्य रहेको गभर्नर सिफारिस समिति गठन भएको थियो। २०८१ साल चैत ११ गते मन्त्रिपरिषद्ले उक्त समिति तय गरेको हो।
प्रकाशित मिति: १९:२७ बजे, मंगलबार, वैशाख ९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
