एमाले उपाध्यक्ष अष्टलक्ष्मीको प्रश्न– विद्या भट्टराईलाई किन सहयोग भएन ?
शाक्यले इमान्दार भएका कारण भट्टराईले राजीनामा दिएको बताउँदै राजिनामाले उनको नैतिक धरातल अझै उच्च बनाएको पनि बताएक छन् ।
काठमाडौं, बैशाख ९ : शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाको विषयलाई लिएर एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले ‘किन सहयोग भएन ?’ भन्दै प्रश्न उठाएकी छन् ।
शाक्यले इमान्दार भएका कारण भट्टराईले राजीनामा दिएको बताउँदै राजिनामाले उनको नैतिक धरातल अझै उच्च बनाएको पनि बताएक छन् । शाक्यले सामाजिक सञ्जालमा लेख्दै ‘इमानदार भएकै कारण राजीनामा दिनुपरेको हो ?’ भनेर समेत प्रश्न उठाएकी छिन् । प्रधानमन्त्रीको असहयोग र दबाबका कारण भट्टराईले शिक्षमन्त्री पदबाट राजीनामा दिएको विषय बाहिरिएको थियो ।
‘शिक्षक आन्दोलन चलिराखेको वेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा किन दिनुप¥यो ? विद्या भट्टराई सक्षम, इमानदार, नैतिकता उच्च भएको एउटा असल नेता भएको कारणले राजीनामा दिनुपरेको हो ?,’ एमाले उपाध्यक्ष शाक्यले भनेकी छन्, ‘उहाँलाई सहयोग किन भएन ? कमरेड विद्याको राजीनामाले उहाँको नैतिक धरातल कमजोर होइन, अझ उच्च बनाएको छ । कमरेड विद्या तपाईंको इमान र नैतिकता सबैका लागि सधैँ प्रेरणा बनोस् ।’
-(14)-1746617494.jpg)