शिक्षक महासंघले कक्षा १२ को परीक्षा बहिष्कार गर्ने
कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि सुरु हुने तालिका रहेको छ । तर राष्ट्रिय परीक्षा बोर्डले भने कर्मचारी खटाएर भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरिसकेको छ । बोर्डले परीक्षा सञ्चालन गर्ने निर्णय गरे पनि नेपाल शिक्षक महासंघले भने शिक्षकहरू परीक्षामा सामेल नहुने निर्णय गरेको छ ।
काठमाडौं, बैशाख ९ : सडक आन्दोलनमा उत्रिएका शिक्षकहरूले कक्षा १२ को परीक्षा बहिष्कार गर्ने निर्णय गरेका छन् ।
कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि सुरु हुने तालिका रहेको छ । तर राष्ट्रिय परीक्षा बोर्डले भने कर्मचारी खटाएर भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरिसकेको छ । बोर्डले परीक्षा सञ्चालन गर्ने निर्णय गरे पनि नेपाल शिक्षक महासंघले भने शिक्षकहरू परीक्षामा सामेल नहुने निर्णय गरेको छ ।
शिक्षक महासंघलेसडकबाटै परीक्षामा सामेल नहुने निर्णय गरेको हो । पूर्वसहमती अनुरुप शिक्षा विधेयक जारी गर्नुपर्ने मागसहित शिक्षकहरु २१ दिनदेखि काठमाडौँको सडकमा आन्दोलनमा उत्रिएका छन् ।
शिक्षकहरूको आन्दोलन चलिरहेका बेला शिक्षामन्त्री विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिइसकेकी छन् ।
प्रकाशित मिति: १३:५९ बजे, मंगलबार, वैशाख ९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1746274827.png)