Kathmandu Press

तीनवटा संसदीय समितिको बैठक बस्दै

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि कर्मचारी ट्रेड युनियनसँग छलफल गर्ने कार्यसूची रहेको छ । 
तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं, वैशाख ९ : संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । राज्य व्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । 

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि कर्मचारी ट्रेड युनियनसँग छलफल गर्ने कार्यसूची रहेको छ । 

Hardik ivf

बैठक दिउँसो साढे २ बजेका लागि बोलाइएको छ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धमा खानेपानी मन्त्रालयबाट भएका कामकारबाही, कार्यप्रगति र अगामी आर्थिक वर्षको बजेटरकार्यक्रम सम्बन्धमा मन्त्रालयको तयारीका विषयमा छलफल हुनेछ । 

खानेपानी मन्त्री प्रदीप यादवसँग छलफल गर्ने कार्यसूची रहेको छ । बैठक बिहान ११ बजे बस्नेछ ।  विधायन व्यवस्थापन समितिको बैठकमा संविधान अनुसार बन्न बाँकी कानुनहरूको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल गर्ने कार्यसूची छ । 
  
बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । 

प्रकाशित मिति: ०७:५४ बजे, मंगलबार, वैशाख ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्