Kathmandu Press

न्यायाधीशका उजुरीमा छलफलका लागि न्याय परिषद् बैठक 

प्रधानन्यायाधीश प्रकासमानसिंह राउतको अध्यक्षमा आइतबार साँझ परिषद बैठक बसेको हो। 
न्यायाधीशका उजुरीमा छलफलका लागि न्याय परिषद् बैठक 

काठमाडौं, वैशाख ८ : न्यायाधीशविरुद्ध परेका उजुरीमा छलफल गर्न न्याय परिषद् बैठक बसेको छ। 

प्रधानन्यायाधीश प्रकासमानसिंह राउतको अध्यक्षमा आइतबार साँझ परिषद बैठक बसेको हो। 

बैठकमा परिषद अध्यक्ष रहेका प्रधान्यायाधीश राउत, सदस्यहरु कानुनमन्त्री अजयकुमार चौरसिया, वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, वरिष्ठ अधिवक्ताद्वय रामप्रसाद भण्डारी र दामोदर खड्का सहभागी थिए। 

उजुरीको बिषयमा टुंगो लागेपछि सर्वोच्च, उच्च र जिल्ला अदालतमा रिक्त न्यायाधीशहरूको पदपूर्तिको विषयमा पनि छलफल हुने बताइएको छ। 

प्रधान्यायाधीश राउत आगामी वैशाख ११ गते टर्की भ्रमणमा जाने भएका कारण त्यसअघि परिषदबाट उजुरी लगायत बिषयमा निर्णय आउने अनुमान गरिएको छ। 
 

प्रकाशित मिति: २१:१० बजे, सोमबार, वैशाख ८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्