Kathmandu Press

दुर्गा प्रसाईंले सञ्चालन गरेका अस्पतालका रोक्का खाता फुकुवा गर्न सर्वोच्चको आदेश

रोक्का खाता फुकुवाका लागि भिन्नाभिन्नै दुईवटा रिट निवेदन दर्ता भएका थिए। उक्त रिटमा सर्वोच्चले सरकारलाई खाता रोक्का राख्नुको कारण समेत माग गरेको छ। 
दुर्गा प्रसाईंले सञ्चालन गरेका अस्पतालका रोक्का खाता फुकुवा गर्न सर्वोच्चको आदेश

काठमाडौं, वैशाख ८ : सर्वोच्च अदालतले दुर्गा प्रसाईंले सञ्चालन गरेका दुईवटा अस्पतालका रोक्का राखिएका खाता फुकुवा गर्न आदेश दिएको छ।

सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले सोमबार बी एन्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर र पूर्वाञ्चल क्यान्सर हस्पिटलका खाता फुकुवा गर्न अन्तरिम आदेश जारी गरेको हो। 

रोक्का खाता फुकुवाका लागि भिन्नाभिन्नै दुईवटा रिट निवेदन दर्ता भएका थिए। उक्त रिटमा सर्वोच्चले सरकारलाई खाता रोक्का राख्नुको कारण समेत माग गरेको छ। 

गत चैत १५ गते भएको हिंसात्मक प्रदशर्नपछि फरार रहेका बेला प्रसाईं र उनले सञ्चालन गरेका अस्पतालको पनि खाता रोक्का राखिएको हो। 

सीआईबीले अस्पतालको खाता रोक्का गरेपछि अस्पतालकै कर्मचारीले रिट दिएका थिए । सर्वोच्चले बिरामीको उपचार प्रभावित हुने बताउँदै खाता रोक्का नराख्न भनेको छ। 

तीनकुने घटनामा छानविनका लागि हाल जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका प्रसाईँको शंकास्पद कारोबारमाथि पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गर्दै आएको छ। 

प्रकाशित मिति: २१:२९ बजे, सोमबार, वैशाख ८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्