Kathmandu Press

शिक्षकहरु चित्त नदुखाई फर्किनुहोला, यो आन्दोलन गर्ने समय होइन : ओली

‘शिक्षकहरुको आन्दोलनले विद्यार्थी र अभिभावकलाई घाटा छ। शिक्षकहरुलाई लाभ छैन। त्यसकारण अविलम्ब वार्तामा बसेर आन्दोलन अन्त्य गर्नुस्। प्रतिगामी तत्वहरु सल्बनाएका बेला आन्दोलन गर्ने उपयुक्त समय पनि होइन,’ उनले भने।
शिक्षकहरु चित्त नदुखाई फर्किनुहोला, यो आन्दोलन गर्ने समय होइन : ओली

काठमाडौं, वैशाख ७ : प्रधानमन्त्री केपी ओलीले अहिलेको समय हानिकारक र असमायिक प्रवित्तिहरु प्रकट भइरहेको बताएका छन्।

नेपाल प्रगगतिशिल प्राध्यापक संठनको ११औं राष्ट्रिय सम्मेलनमा बोल्दै उनले देशमा प्रतिगामी प्रवृत्ति, अति दक्षिणपन्थी र उग्र वामपन्थ प्रकट भइरहेको बताए।
 
‘हामीले मिसन ८४ भनेका छौं। मिसल त्यत्तिकै भनिएको होइन। देशका विभिन्न प्रकारका विकृति, विसंगतीहरू, हानिकारक र असमायिक प्रबृत्तिहरुको अन्त्यका लागि भनिएको हो,’ उनले भने।

Hardik ivf

प्रधानमन्त्री ओलीले सुन्दर समाज सिर्जना गर्न दक्ष जनशक्ति निर्माण गर्नुपर्ने बताए । उनले दक्ष जनशक्ति निर्माण गर्न लोकतन्त्र चाहिने बताए। 

ओलीले देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागलाई सम्बोधन गर्ने भएकाले अविलम्ब वार्तामा बसेर शिक्षकहरुलाई विद्यालयमा फर्कन आव्हान गरेका छन्। 

उनले सरकार दमनकारी नभइ लोकतान्त्रिक भएकाले ट्रेड युनियनको अधिकारको रक्षासहित पेसागत क्षेत्रका जायज मागलाई सम्बोधन गरिने बताए।

‘विद्यालय शिक्षा विधेयक संसदीय समितिमा विचाराधीन छ। ऐन ल्याउनकै लागि भनेर यत्रा धेरै शिक्षकहरु सकडमा आउनु पर्दैन। भर्ना अभियान सुरु भइसकेकाले विद्यालयमा गएर भर्ना सुरु गर्न अनुरोध छ। एसईईको उत्तरपुस्तिका परीक्षण गर्नुस्,’ उनले भने। 

एसईईमा ५२ प्रतिशत विद्यार्थी फेल गराइएको भन्ने मेरो आफ्नो भनाइबाट चित्त नदुखाउन आग्रह गर्दै प्रधानमन्त्री ओलीले गुणस्तरीय शिक्षाका लागि लाग्न शिक्षकहरुलाई आग्रह गरेका छन् । 

‘शिक्षकहरुको आन्दोलनले विद्यार्थी र अभिभावकलाई घाटा छ। शिक्षकहरुलाई लाभ छैन। त्यसकारण अविलम्ब वार्तामा बसेर आन्दोलन अन्त्य गर्नुस्। प्रतिगामी तत्वहरु सल्बनाएका बेला आन्दोलन गर्ने उपयुक्त समय पनि होइन,’ उनले भने।

प्रकाशित मिति: १९:०५ बजे, सोमबार, वैशाख ८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्