Kathmandu Press

५२ नियुक्ति विवादमा बहस जारी, सुनुवाई मंगलबार पनि निरन्तर 

५२ पदाधिकारी नियुक्ति विवादमा सर्वोच्चको संवैधानिक इजलासमा गत माघ ३० गतेबाट सुनुवाइ चलिरहेको छ। 
५२ नियुक्ति विवादमा बहस जारी, सुनुवाई मंगलबार पनि निरन्तर 

काठमाडौं, वैशाख ८ : संवैधानिक अंगका ५२ पदाधिकारी नियुक्ति विवादमा सोमबारको सुनुवाइ सकिएको छ।  

सुनुवाइ बाँकी रहेकाले संवैधानिक इजलासले ‘हेर्दाहेर्दै’मा राखेको छ। ५२ पदाधिकारी नियुक्ति विवादमा सर्वोच्चको संवैधानिक इजलासमा गत माघ ३० गतेबाट सुनुवाइ चलिरहेको छ। 

रिटमा विपक्षी बनाइएको सरकारको तर्फबाट महान्यायाधिवक्ता रमेश बडाल, नायवमहान्यायाधिवक्ताद्वय सञ्जीवराज रेग्मी र गोपालप्रसाद रिजाल, सहन्यायाधिवक्ता सूर्यराज दाहालको वहश सकिएको छ। 

अझै सरकारी वकिलको तर्फबाट चारजनाले बहस गर्न बाँकी छ। उक्त रिटमा मंगलबार पनि सुनुवाई निरन्तर हुने भएको छ। मंगलबार पनि सरकारी वकल्ले सरकारका तर्फबाट प्रतिरक्षा गर्नेछन्। 

प्रकाशित मिति: १८:३० बजे, सोमबार, वैशाख ८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्