Kathmandu Press

शिक्षा मन्त्री भट्टराईले दिइन् राजीनामा

शिक्षक आन्दोलनको समस्या समाधानमा ठोस उपलब्धी हासिल नभएपछि मन्त्री भट्टराईले राजीनामा दिएकी हुन्।
शिक्षा मन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं, वैशाख ८ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा बुझाएकी छन्। 

मन्त्री भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन्। शिक्षक आन्दोलनको समस्या समाधानमा ठोस उपलब्धी हासिल नभएपछि मन्त्री भट्टराईले राजीनामा दिएकी हुन्। 

प्रधानमन्त्रीज्यूलाई भेटेर राजिनामा बुझाए पनि ठोस कारण भने बाहिर आएको छैन। 

शिक्षकहरु विगत २० दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका छन्। राजीनामा स्विकृत हुन बाँकी छ। 
 

प्रकाशित मिति: १८:१६ बजे, सोमबार, वैशाख ८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्