Kathmandu Press

राज्य व्यवस्था समितिमा निजामती कर्मचारीको धर्ना

राज्य व्यवस्थामा समितिमा निजामती ऐनका विषयमा छलफल चलिरहेका बेलामा संयुक्त ट्रेड युनियनमार्फत निजामती कर्मचारीले सभाकक्षा बाहिर धर्ना दिएका हुन्।
राज्य व्यवस्था समितिमा निजामती कर्मचारीको धर्ना

काठमाडौं, वैशाख ८ : कर्मचारी ट्रेड युनियनले सोमबार पनि राज्य व्यवस्था तथा सुशासन समितिको कार्यालय बाहिर धर्ना दिएका छन्। 

राज्य व्यवस्थामा समितिमा निजामती ऐनका विषयमा छलफल चलिरहेका बेलामा संयुक्त ट्रेड युनियनमार्फत निजामती कर्मचारीले सभाकक्षा बाहिर धर्ना दिएका हुन्।

यसअघि पनि समितिको बैठक बस्ने दिन युनियनका नेताहरूले सभाकक्ष बाहिर उपस्तिथित भएर दबाब दिएका थिए।

कर्मचारी संगठनहरुले यसअघि भएका सहमति, सम्झौता र अदालतले दिएको आदेशलाई समेत समेटेर तत्काल संघीय निजामती ऐन जारी गर्न माग गरेका छन् ।

उनीहरुले वैशाख १२ गते शुक्रबार संसद सचिवालय अगाडि भेला आयोजना गर्ने घोषणा गरेका छन्। 

प्रकाशित मिति: १३:०३ बजे, सोमबार, वैशाख ८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्