गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु
फुङलिङ नगरपालिका १० शेवारो चौकमा मे १ च ३०११ नंवरको गुडिरहेको जीपमा विजुलिको तार खसेर करेन्ट लागी ४ जनाको मृत्यु भएको हो।
ताप्लेजुङ, वैशाख ८ : पाथीभरा दर्शनका लागि तीर्थयात्री जाँदै गरेको जीपमा करेन्ट लागेर आगलागी हुँदा चालक सहित ४ जनाको ज्यान गएको छ।
फुङलिङ नगरपालिका १० शेवारो चौकमा मे १ च ३०११ नंवरको गुडिरहेको जीपमा विजुलिको तार खसेर करेन्ट लागी ४ जनाको मृत्यु भएको हो।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता भिमबहादुर दाहालका अनुसार दुर्घटनामा जिप चालक फुङलिङ घर भएका गाडी चालक दुर्गा भट्टराई, ललितपुर महानगरपालिका–१० निवासी सविना पौडेलकी छोरी १६ वर्षीया आध्या आचार्य, सविनाका बुबा झापा भद्रपुर नगरपालिका–१५ निवासी ७० वर्षीय विनोद पौडेल र आमा ६९ वर्षीया सरिता पौडेलको मृत्यु भएको छ।
दुर्घटनामा सविना र उनका छोरा १० वर्षीय भबिमय आचार्य गम्भीर घाइते भएका छन्। उनीहरुलाई इलाममा प्राथमिक उपचारपछि हेलिकोप्टरबाट उद्धार गरेर उपचारका लागि काठमाडौं ल्याइएको छ ।