कालीकोटमा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु
पलाँता गाउँपालिकाको थीर्पुबाट पलाँताकै छलतर्फ जाँदै गरेको ट्याक्टर बुडाडाँडा नजिक आइतबार राति दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
कालिकोट, वैशाख ८ : ट्याक्टर दुर्घटना हुँदा कालीकोटमा चार जनाको मृत्यु भएको छ।
पलाँता गाउँपालिकाको थीर्पुबाट पलाँताकै छलतर्फ जाँदै गरेको ट्याक्टर बुडाडाँडा नजिक आइतबार राति दुर्घटनामा परेको प्रहरीले जनाएको छ। ट्याक्टर खाद्यान्न, खुद्रा सामान लिएर छलतर्फ जाँदै थियो।
प्रहरीका अनुसार दुर्घटनामा ट्याक्टर चालक मुगु, खत्याड गाउँपालिका–५ कवाका २५ वर्षीय चन्द्रप्रकाश रोकाय, कालीकोट, पलाँता गाउँपालिका–४ का २१ वर्षीय रवीन्द्र विक, सोही स्थानका ३२ वर्षीया सदु बुढा र पलाँता–५ सल्लीकोटकी अन्दाजी २५–२६ वर्षीय अम्बा शाहीको मृत्यु भएको छ।
उनीहरु चारै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ११:४९ बजे, सोमबार, वैशाख ८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-(4)-1753887070.jpg)