Kathmandu Press

शिक्षकहरुको आन्दोलन २०औं दिन पनि जारी 

शिक्षक महासंघले अझै केही दिन आन्दोलनमा जुट्नुको विकल्प नरहेको भन्दै सदा झैँ अनुशासन र मर्यादा कायम राखेर संयमसहित आन्दोलनमा निरन्तर डटिरहन आग्रह गरेकाे छ।
शिक्षकहरुको आन्दोलन २०औं दिन पनि जारी 

काठमाडौं, वैशाख ७ : विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनरत रहेका शिक्षकहरुले आज पनि आन्दोलनलाई निरन्तरता दिनेका छन्।

नेपाल शिक्षक महासंघको नेतृत्वमा २०औँ दिन सोमवार पनि काठमाडौंमा प्रदर्शन भइरहेकाे छ।  

Hardik ivf

शिक्षकहरूले बिहान ९ बजेबाट माइतीघर मण्डलामा आन्दोलनका कार्यत्रफम सुरू गरेका छन्।

शिक्षक महासंघले अझै केही दिन आन्दोलनमा जुट्नुको विकल्प नरहेको भन्दै सदा झैँ अनुशासन र मर्यादा कायम राखेर संयमसहित आन्दोलनमा निरन्तर डटिरहन आग्रह गरेकाे छ।

शिक्षकहरु गत चैत २० गतेदेखि निरन्तर काठमाडौंमा विद्यालय शिक्षा ऐन पारित नभएसम्म आन्दोलन नरोकिने भन्दै नाचगानका साथै रचनात्मक कार्यक्रम गर्दै प्रदर्शन गर्दै आएका छन्। 
 

प्रकाशित मिति: ११:३९ बजे, सोमबार, वैशाख ८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्