Kathmandu Press

पूर्वराजाको पक्षमा हुने प्रदर्शनलाई प्रचण्डले दिए अपराधको संज्ञा 

अध्यक्ष प्रचण्डले ठुला दलहरूप्रति जनतामा घृणा नभएको उल्लेख गर्दै त्यसको तथ्य पछिल्ला स्ववियू निर्वाचनदेखि पछिल्ला जुनसुकै निर्वाचनमा आएको परिणामले नै गणतन्त्रवादी शक्तिको पछाडि जनता रहेको स्पष्ट पारे।
पूर्वराजाको पक्षमा हुने प्रदर्शनलाई प्रचण्डले दिए अपराधको संज्ञा 

मोरङ, वैशाख ७ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीको आन्दोलनलाई अपराधको संज्ञा दिएका छन्। 

आइतबार विराटनगरमा हाम्रोमत दैनिकको वार्षिकोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले तानासाहका पक्षमा नियोजित ढङ्गले हुने समाज विरोधी कार्यलाई आन्दोलन भन्न नमिल्ने र त्यो अपराध हुने बताएका हुन्। 

Hardik ivf

अध्यक्ष प्रचण्डले ठुला दलहरूप्रति जनतामा घृणा नभएको उल्लेख गर्दै त्यसको तथ्य पछिल्ला स्ववियू निर्वाचनदेखि पछिल्ला जुनसुकै निर्वाचनमा आएको परिणामले नै गणतन्त्रवादी शक्तिको पछाडि जनता रहेको स्पष्ट पारे।

अध्यक्ष प्रचण्डले संविधानमा समीक्षा गर्ने आवश्यक वेला आएको बताउँदै नयाँ सांस्कृतिक क्रान्तिको आवश्यकता जानुपर्नेमा जोड दिए।

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्व मुख्यमन्त्री केदार कार्की, भौतिक पूर्वाधार विकाश मन्त्री भूपेन्द्र राईलगायतले पनि बोलेका थिए। 
 

प्रकाशित मिति: २०:२५ बजे, आइतबार, वैशाख ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्