Kathmandu Press

जनमत पार्टीका कोषाध्यक्ष यादव पक्राउ

उनीविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा दर्ता भएको जाहेरीका आधारमा पक्राउ गरिएको जनाइएको छ।
जनमत पार्टीका कोषाध्यक्ष यादव पक्राउ

सप्तरी, वैशाख ७ : जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ परेका छन्।

यादवलाई सप्तरी प्रहरीले आइतबार राजविराजबाट पक्राउ गरेको हो। यादवविरुद्ध ललितपुरबाट पक्राउ पुर्जी जारी भएको जनाइएको छ। 

उनीविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा दर्ता भएको जाहेरीका आधारमा पक्राउ गरिएको जनाइएको छ। ललितपुर अदालतबाट पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ। 

यादवलाई काठमाडौं ल्याएर अनुसन्धानको म्याद थपका लागि अदालतमा उपस्थित गराउने तयारी भइरहेको छ। 

प्रकाशित मिति: १९:४५ बजे, आइतबार, वैशाख ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्