Kathmandu Press

जनताका कुरा सुनाउन निषेधित क्षेत्र गएका हौं : राजेन्द्र लिङ्देन

आइतबार सिंहरबारमा गरेको प्रदर्शनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकार नागरिकको बोल्न, लेख्न र प्रदर्शन गर्न पाउने अधिकारलाई खुम्च्याउँदै लगेको बताए। 
जनताका कुरा सुनाउन निषेधित क्षेत्र गएका हौं : राजेन्द्र लिङ्देन

काठमाडौं, वैशाख ७ : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार जनताबाट झन–झन टाढा हुँदै गएका कारण नजिकै गएर जनताका कुरा सुनाउने उद्देश्यले निषेधित क्षेत्रमा प्रवेश गरेको बताएका छन्। 

आइतबार सिंहरबारमा गरेको प्रदर्शनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकार नागरिकको बोल्न, लेख्न र प्रदर्शन गर्न पाउने अधिकारलाई खुम्च्याउँदै लगेको बताए। 

Hardik ivf

‘सरकारले मानिसको बोल्न पाउने, लेख्न पाउने प्रदर्शन गर्न पाउने अधिकारलाई खुम्च्याउँदै लगेको छ। जनताबाट सरकार झन झन टाढा हुँदै जाने अवस्था सृजना भएको छ,’ उनले भने, ‘त्यसैले सरकारको नजिकै गएर प्रदर्शन गरेर सुनाउन भनेर निषेधित क्षेत्रमा कार्यक्रम गरेको हौं, सरकारले सुन्नुपर्छ। प्रदर्शनमार्फत देश दुनियाँले सुन्छ, नागरिक अधिकारवादी संघ संस्थाहरुले सुन्छ।’

अध्यक्ष लिङ्देनले लोकतन्त्र र गणतन्त्रको नाममा निरंकुशता भएको टिप्पणी गरे।
 
प्रकाशित मिति: १८:५६ बजे, आइतबार, वैशाख ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्