Kathmandu Press

खड्कालाई कांग्रेस कार्यबहाक सभापतिको जिम्मेवारी

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले कार्यबाहक सभापतिको जिम्मेवारी खड्कालाई दिइएको जनाएका छन्।
खड्कालाई कांग्रेस कार्यबहाक सभापतिको जिम्मेवारी

काठमाडौं, वैशाख ७ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि थाइल्याण्ड गएका कारण कार्यबाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिइएको छ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले कार्यबाहक सभापतिको जिम्मेवारी खड्कालाई दिइएको जनाएका छन्।

पौडेलद्वारा आइतबार जारी विज्ञप्तिमा पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको उल्लेख छ।

सभापति शेरबहादुर देउवा विदेशबाट नफर्किंदासम्म खड्काले कांग्रेस कार्यबाहक सभापतिको हैषियतमा काम गर्ने छन्।

प्रकाशित मिति: १८:४८ बजे, आइतबार, वैशाख ७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्