Kathmandu Press

५२ पदाधिकारी नियुक्ति विवादमा निरन्तर सुनुवाई हुने 

सर्वोच्चको संवैधानिक इजलासले आइतबार सुनुवाइ नसकिएपछि सोमबार पनि सुनुवाइ हुने गरी ‘हेर्दाहेर्दै’मा राखेको हो।
५२ पदाधिकारी नियुक्ति विवादमा निरन्तर सुनुवाई हुने 

काठमाडौं, वैशाख ७ : संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति विवादलाई चाँडो निश्कर्षमा पुर्याउन सर्वोच्च अदालतले सोमबार पनि निरन्तर सुनुवाइ गर्ने भएको छ। 

सर्वोच्चको संवैधानिक इजलासले आइतबार सुनुवाइ नसकिएपछि सोमबार पनि सुनुवाइ हुने गरी ‘हेर्दाहेर्दै’मा राखेको हो। उक्त प्रकरणमा गत माघ ३० गते यता सुनुवाइ चलिरहेको छ।

निवेदकका तर्फबाट बहस सकिए पनि सरकारी वकीलतर्फ अझै बहस बाँकी छ। 

संवैधानिक पदाधिकारीहरूको तर्फबाट पनि बहस हुन बाँकी छ। केपी ओली अघिल्लोपल्ट प्रधानमन्त्री हुँदा अध्यादेशमार्फत ५२ जनालाई अख्तियार लगायतका संवैधानिक अंगमा गरिएको नियुक्ति अवैध रहेको दाबीसहित १४ वटा रिट निवेदन सर्वोच्चमा विचाराधीन छन्। 

सबै रिटमाथि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी संलग्न संवैधानिक इजलासमा सुनुवाई चलिरहेको छ। 

प्रकाशित मिति: १८:४८ बजे, आइतबार, वैशाख ७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्