Kathmandu Press

रविको थुनामुक्तिका लागि निकिताले दिइन् बन्दीप्रत्यक्षीकरण रिट 

रविको थुनामुक्तिका लागि निकिताले दिइन् बन्दीप्रत्यक्षीकरण रिट 

काठमाडौं, बैशाख ७ : सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा राखिएका रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न मागसहित उनकी श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी छन्। 

रिटमा लामिछानेलाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबी गरिएको छ । रिट निवेदनको सुनुवाइका लागि सर्वोच्चले सोमबारको पेसी तय गरेको छ। 

यसअघि पनि लामिछानेले आफूलाई थुनामा पठाउने उच्च अदालत बुटवलको आदेशविरुद्ध सर्वोच्चमा भिन्नै निवेदन दिइसकेका छन्। उक्त निवेदनमा उच्च अदालतबाट ‘कैफियत प्रतिवेदन’ झिकाउन आदेश दिइएको छ। 

बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालत रुपन्देहीले रविलाई १ करोड धरौटीमा रिहा गरे पनि उच्च अदालत बुटवलले थुनामै राख्न आदेश दिएको थियो। 

गत  चैत २२ गते जिल्ला अदालतको आदेश बदर भएपछि लामिछाने काठमाडौँबाट पक्राउ परेका थिए । लामिछाने हाल रुपन्देही कारागारमा थुनामा छन्। 

प्रकाशित मिति: १८:४२ बजे, आइतबार, वैशाख ७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्