Kathmandu Press

गभर्नरमा योग्यता विवादको रिट ‘हेर्न नभ्याइने’ सूचीमा 

भट्टको गभर्नर नियुक्तिका लागि योग्यता नपुगेको दाबीसहित अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले शुक्रबार रिट दर्ता गरेका हुन्। 
गभर्नरमा योग्यता विवादको रिट ‘हेर्न नभ्याइने’ सूचीमा 

काठमाडौं, वैशाख ७ : नेपाल राष्ट्र बैंकको गभर्नरका प्रतिश्पर्धी रहेका कार्यकारी निर्देशक डा.गुणाकर भट्टविरुद्ध सर्वोच्च अदालतमा दायर रिट आइतबार ‘हेर्न नभ्याइने’ भएको छ। 

रिटमा सुनुवाईका लागि सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेशी तय भएको थियो। गभर्नर विवादमा परेका दुईवटा रिटलाई एकैसाथ सुनुवाई गर्न आइतबारको पेशी तय भएको थियो। 

यसअघि सर्वोच्च अदालतले गभर्नरको उमेरजन्य योग्यतामा गरिएको संशोधन कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको छ। उक्त अन्तरिम आदेश र पछिल्लोपल्ट दर्ता भएको अर्को रिटमा एकसाथ छलफलका लागि दुवै पक्षलाई सर्वोच्चमा बोलाइएको थियो। 

तर पेशी सूचीमा ४० औं नम्वरमा परेका कारण हेर्न नभ्याइने भएको हो। भट्टको गभर्नर नियुक्तिका लागि योग्यता नपुगेको दाबीसहित अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले शुक्रबार रिट दर्ता गरेका हुन्। 

सर्वोच्चले गत वैशाख २ गते ६५ वर्ष उमेर पार गरेका व्यक्तिलाई नियुक्तिको प्रक्रियामा सामेल नगराउन अन्तरिम आदेश जारी गरेकोे थिया । त्यो रिट पनि अधिवक्ताद्वय उप्रेती र थापाले नै दायर गरेका हुन्। 

योग्य उम्मेदवारहरुको गभर्नर नियुक्ति समितिबाट छनौट भएर आउनुपर्नेमा सहमतिमा नियुक्ति गरिने कार्य सुशासन ऐन विपरित हुने दाबी पनि रिटमा गरिएको छ।

प्रकाशित मिति: १५:०२ बजे, आइतबार, वैशाख ७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्