राप्रपा अध्यक्ष लिङ्देन प्रहरी नियन्त्रणमा
लिङ्देनसहितका नेताहरूले सिंहदरबारभित्रै पर्चा र पम्प्लेटसहित प्रदर्शन गर्न खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
काठामडौं, वैशाख ७ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई प्रहरीले आइतबार दिउँसो सिंहदरबारबाट नियन्त्रणमा लिएको हो।
अध्यक्ष लिङ्देसहित बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलगायतलाई पनि प्रहरीले नियन्त्रणमा लिएकाे छ। सांसद दीपकबहादुर सिंह भने सिंहदरबारबाट फुत्किएर प्रदर्शन भरहेकाे स्थान बिजुलीबजार पुगेका छन्।
लिङ्देनसहितका नेताहरूले सिंहदरबारभित्रै पर्चा र पम्प्लेटसहित प्रदर्शन गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।
सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुगेका लिङ्देनसहितका नेताहरूलाई प्रहरीले त्यहीँ रोक्ने प्रयास गरेको थियो।
उनीहरूले चैत १५ गतेको तीनकुने घटनाको छानविन गर्न न्यायिक आयोग गठन गर्न, सो घटनामा पक्राउ परेका आफ्ना नेताहरु रिहा गर्न मागे गर्दै सिंहदरबारभित्रर् प्रदर्शन गरेका थिए।