Kathmandu Press

निजी विद्यालय पनि बन्द गर्न शिक्षक महासंघको आग्रह

शैक्षिक आम हड्तालको यो अभियानलाई सफल तुल्याउन संस्थागत विद्यालयहरु समेत बन्द गरी साथ दिन महासंघले आग्रह गरेको छ। 
निजी विद्यालय पनि बन्द गर्न शिक्षक महासंघको आग्रह

काठमाडौं, वैशाख ७ : शिक्षक महासंघले शैक्षिक हड्ताल भएकाले निजी विद्यालय पनि बन्द गर्न आग्रह गरेको छ। महासंघले आइतबार विज्ञप्ति निकालेर यस्तो आग्रह गरेको हो।

महासंघको आव्हाननमा शिक्षकहरू १९ दिनदेखि काठमाडौं केन्द्रित सडक आन्दोलनमा छन्। 

शैक्षिक आम हड्तालको यो अभियानलाई सफल तुल्याउन संस्थागत विद्यालयहरु समेत बन्द गरी साथ दिन महासंघले आग्रह गरेको छ। 

देशभरका सबै विद्यालय पूर्णरुपमा बन्द गरी काठमाडौं आउन सबै शिक्षक–कर्मचारीलाई महासंघले आग्रह गरेको छ।

आन्दोलनको अवधिमा विद्यालय खोल्ने, प्रवेश परीक्षा र ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण लगायतका कुनै पनि क्रियाकलापमा संलग्न नहुन महाससंघले शिक्षकहरूलाई निर्देशन दिएको छ। 

प्रकाशित मिति: १३:४१ बजे, आइतबार, वैशाख ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्